यथार्थ कथामा आधारित गीत “जीवन एउटा सम्झौता ”बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

यथार्थ कथामा आधारित गीत “जीवन एउटा सम्झौता ”बजारमा ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय नेपाली गीत सङ्गीतमा आफ्नो यथार्थ प्रेम काहानीलाई गीत मार्फत प्रस्तुत गर्ने गरेको पाइन्छ यसै मध्यका एक हुन सर्जक प्रेम प्रसाद पोखरेल उनको यथार्थ कहानीमा आधारित गीत जीवन एउटा सम्झौता सार्वजनिक भएको छ।

सुमधुर स्वरकी धनी देवी घर्ती मगर र सुवास अधिकारीको स्वर रहेको सार्वजनिक गीतमा लय शब्द प्रेमले नै गरेका छन् । गीतको बारेमा उनले हामी सँग भने मैले कसैलाई प्रेम गर्थे अनि उसलाई रोजे आफ्नो परिवार छोड्नुपर्ने थियो अनि त्यो परिस्थितिमा यो गीत रचना भयो। । यथार्थ प्रेम कहानी अनि यथार्थ डेटिङ स्पोर्ट्समा उक्त गीत सुटिङ भएको उनी बताउछन ।

यस्तै मौसम हिमाली को निर्देशन रहेको भिडियोमा सुवास ,टिना श्रेष्ठ ,प्रेम आदिको अभिनय देख्न सकिन्छ । भिडियो दुर्गा पौडेलको छायाङ्कनमा प्रबिन भट्टले सम्पादन गरेका छन् । गीत एकता फिल्मको भिडियो निर्माणमा बिपी फिल्मस् ले बजार व्यवस्थापन गरेको छ ।