बालुवाटारमा कड्के देउवा – अरे बाबा, प्रेसर छ बुझ्नुहुन्न क्या हो !
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास गर्नैपर्ने दबाब आएको भन्दै सत्ता गठबन्धनको बैठकमा कड्किएका छन् ।
सोमवार बालुवाटारमा बसेको बैठकमा संसदको यही अधिवेशनबाट एमसीसी पारित गर्नुपर्ने भन्दै गठबन्धनका अन्य शीर्ष नेताहरूसामु कड्केका हुन् ।
‘अरे बाबा, प्रेसर छ तपाईंहरूले बुझिदिनुपर्यो,’ देउवाको भनाइ उदृत गर्दै सहभागी एक नेताले भने ।
बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले भने संशोधनसहित एमसीसी पास गर्ने प्रस्ताव गरेका थिए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही प्रतिक्रिया दिएका छैनन् भने जसपाका अध्यक्ष उपेन्द्र यादव पनि चुप बसेका छन् ।
यही फेव्रुअरी १ भित्र पास गर्नैपर्ने डेडलाइन भएकाले एमसीसी जसरी पनि पारित गर्नुपर्ने देउवाको अडान छ । देउवाको यस्तो अडानले सत्तारूढ गठबन्धन नै धरापमा परेको छ ।