संशोधन प्रस्ताव असफल पार्ने एमालेको निर्णय - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

संशोधन प्रस्ताव असफल पार्ने एमालेको निर्णय



फाईल फोटो

 

हिमाल पोष्ट\ वैशाख, १४ काठमाडौं

 

प्रमुख प्रतिपक्षी एमाले सहितका विपक्षी नौ दलले सरकारले ल्याएको दोश्रो संशोधन प्रस्ताव असफल पार्ने निर्णय गरेका छन् । बिहीबार दिउँसो एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी नौ दलको बैठकले विपक्षी दलले संशोधन विधेयक राष्ट्रको हितमा नरहेको भन्दै संशोधन प्रस्तावका हरेक बुँदामा नयाँ संशोधन हालेर प्रस्ताव असफल पार्ने निर्णय गरेका हुन ।

मोर्चाका माग सम्बोधन गर्न सत्तारुढ दलले जबर्जस्ती भए पनि संसदबाट प्रस्ताव पारित गरेर छाड्ने भनेपछि विपक्षी नौ दलले प्रस्ताव असफल पार्ने बताईरहँदा सरकारले भने एमालेले संशोधन प्रस्तावका नाममा चुनाव भाँड्न खोजेको आरोप लगाएको छ ।