कमलले ल्याए दुई किलो आलु बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कमलले ल्याए दुई किलो आलु बजारमा (भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्लो समय बजारमा सबै कुराको मूल्य बढेको देखिन्छ त्यस्तै समसामयिक कथा व्यथालाई मुख्य विषय बस्तु बनाएर नयाँ लोक पप गीत “दुई किलो आलु ” सार्वजनिक भएको छ ।

गीतमा जवानीको जोसमा डिस्को धाउनु, रक्सी खानु, पैसाको भरमा साथी भाइहरु सँगै मोज मस्ति गर्नु, वैदेशिक रोजगारीको नाममा दलालले लाखौ ठगि गर्नु र अन्त्यमा केही उपाए न लागे पछि गाउमै फर्किएर बुद्धि फिरेको विषय वस्तुलाई समेटि गीत लाई रमाइलो तरिकाले प्रस्तुत गरिएको छ ।

कमल भुषाल “ चञ्चल” को आवज तथा कमल र प्रकाश ढकालको शब्द सङ्गीतमा तयार भएकोमा “दुई किलो आलु “को भिडियो राम कुमार के.सीको छायाङ्कन विशाल नेपालीको कोरियोग्राफि र कमल कै निर्देशनमा तयार भएको छ ।
गीत संन्देश क्रियशनले बजारमा ल्याएको हो ।