टिपिकल झ्याउरे भाका “मायाले होला कि मलाई ” सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

टिपिकल झ्याउरे भाका “मायाले होला कि मलाई ” सार्वजनिक (भिडियो सहित)



समीर प्रकाश पाण्डे/बैशाख 

विगत केही वर्ष देखि बहराइनलाई आफ्नो कर्म थलो बनाउदै आएका गायक मेघनाथ आचार्यको भर्खरै मात्र लामो समय पछि आफ्नो पहिलो एल्बम “मायाले होला कि मलाई” बोलको झ्याउरे गीतको भिडियो सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च बहराइनका कोषाध्यक्ष समेत रहेका मेघनाथ बहराईन मा हुने विभिन्न सङ्घ संस्था ले आयोजना गर्ने साङ्गीतिक कार्यक्रममा दर्शक श्रोतालाई नचाउदै पनि आएका छ्न ।

मेघनाथकै लय शब्दमा टिपिकल झ्याउरे भाकामा सर्जक तथा गायिका किस्ना आचार्य रोशनी र मेघनाथ आचार्यको आवाज रहेको छ ।

त्यस्तै भिडियोमा अशोक बिक को निर्देशन ,रभी न्यौपाने को छायांकन मा गोविन्द विवश र एन्जिल गुरुङ को अभिनय रहेको छ । गीतलाई शीतल सिजन डिजिटल प्रा.ली ले बजारमा ल्याएको हो ।