अमेरिकाको सान्फ्रान्सिस्को झुम्यो प्रमोद खरेलको प्रस्तुतीमा (फोटो फिचर) - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

अमेरिकाको सान्फ्रान्सिस्को झुम्यो प्रमोद खरेलको प्रस्तुतीमा (फोटो फिचर)



हिमाल पोष्ट संवाददाता \अमेरिका, २९ चैत
दर्शक स्रोताको रोजाईमा रहेका गायक प्रमोद खरेलले अमेरिकाको सान्फ्रान्सिस्कोमा आफ्नो प्रस्तुती दिएका छन् । अमेरिकामा रहेर पनि नेपाली संगीतको मोह उत्तीकै भएका नेपालीहरुको रोजाईमा रहेका गायक खरेलले आईतवार साँझ अमेरिकाको सान्फ्रान्सिस्को स्थित बे एरियामा आफ्नो प्रस्तुती दिएका हुन् ।

नेपाली नयाँ बर्षको स्वागत स्वरुप राखिएको प्रमोद खरेल कन्सर्ट नामक उक्त साँगितीक कार्यक्रममा गायक खरेलले आफ्ना लोकप्रीय गीतहरु लाईदेउन मायाले, मेरो दिल छ पोखरामा, वई झुमा, चल् बतास चल चल लगायतका गीतहरु गाउँदा उपस्थित दर्शकको उल्लास एका एक बढेको थियो । पुरै कार्यक्रम अवधीभर प्रमोदलाई साथ दिएका अमेरिकाबासी नेपालीहरु उनि संगै गाउने र नाच्ने गरेका दृश्यले माहौललाई अझ रंगीन बनाएको थियो ।

लामो समयदेखी अमेरिकामा रहेर समाजसेवा र पत्रकारितामा सक्रिय रंहदै आएका धुर्व कुँवरको एकल पहलमा आयोजित प्रमोद खरेल कन्सर्टलाई महत्वका साथ हेरिएको हुँदा पनि दर्शकहरुको उपस्थिती अध्याधीक रहेको थियो । कार्यक्रममा आयोजक कुँवरले कार्यक्रमको खर्चबाहेक कन्सर्टबाट उठेको रकम अमेरिकामा रहेका नेपाली कम्युनिटीलाई दिने घोषणा पनि गरेका छन् ।