अमेरिकाको सान्फ्रान्सिस्को झुम्यो प्रमोद खरेलको प्रस्तुतीमा (फोटो फिचर) - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

अमेरिकाको सान्फ्रान्सिस्को झुम्यो प्रमोद खरेलको प्रस्तुतीमा (फोटो फिचर)



हिमाल पोष्ट संवाददाता \अमेरिका, २९ चैत
दर्शक स्रोताको रोजाईमा रहेका गायक प्रमोद खरेलले अमेरिकाको सान्फ्रान्सिस्कोमा आफ्नो प्रस्तुती दिएका छन् । अमेरिकामा रहेर पनि नेपाली संगीतको मोह उत्तीकै भएका नेपालीहरुको रोजाईमा रहेका गायक खरेलले आईतवार साँझ अमेरिकाको सान्फ्रान्सिस्को स्थित बे एरियामा आफ्नो प्रस्तुती दिएका हुन् ।

नेपाली नयाँ बर्षको स्वागत स्वरुप राखिएको प्रमोद खरेल कन्सर्ट नामक उक्त साँगितीक कार्यक्रममा गायक खरेलले आफ्ना लोकप्रीय गीतहरु लाईदेउन मायाले, मेरो दिल छ पोखरामा, वई झुमा, चल् बतास चल चल लगायतका गीतहरु गाउँदा उपस्थित दर्शकको उल्लास एका एक बढेको थियो । पुरै कार्यक्रम अवधीभर प्रमोदलाई साथ दिएका अमेरिकाबासी नेपालीहरु उनि संगै गाउने र नाच्ने गरेका दृश्यले माहौललाई अझ रंगीन बनाएको थियो ।

लामो समयदेखी अमेरिकामा रहेर समाजसेवा र पत्रकारितामा सक्रिय रंहदै आएका धुर्व कुँवरको एकल पहलमा आयोजित प्रमोद खरेल कन्सर्टलाई महत्वका साथ हेरिएको हुँदा पनि दर्शकहरुको उपस्थिती अध्याधीक रहेको थियो । कार्यक्रममा आयोजक कुँवरले कार्यक्रमको खर्चबाहेक कन्सर्टबाट उठेको रकम अमेरिकामा रहेका नेपाली कम्युनिटीलाई दिने घोषणा पनि गरेका छन् ।