क्रान्ति स्वरुप - कविता - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

क्रान्ति स्वरुप – कविता



भोकको मातमा
जिन्दगी आगो निल्न सक्छ!
आगो जिन्दगी निल्न सक्छ!
जानेर।

लड्दै गर्दा
अभावको विरुद्धमा

एक दिन मेरा हत्केलाबाट
झरेको थियो सम्भावनाको एक टुक्रो झिल्को
मेरा अौंलाहरुले नियन्त्रण गुमाउदा।

यो एक मेरो युग अध्यारोमा बाच्यो।

अचेल
त्यही एक झिल्को आगो बोकर
जुनकीरी अध्यारोको विरुद्धमा बाच्दै छ।

-रासिक राज