गजल - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

गजल



आऊ छिटो चुम्न भन्छन् तारा सँगै चन्द्रमाले,
धोका दिने काम गर्छन् आफ्नो भने पाखुराले।

सन्देश मेरो मिठो नै जावस् भनी शत्रु माथि,
पीडा भएनी अधरमा राखेँ सुमन बाध्यताले ।

पक्कै कतै छैन होला कोही अभागी म जस्तै,
यस्तो मलाई भएको धोका दिदा चाहनाले ।

सम्बन्धको जोड गर्ने सब वस्तु नै राख्नुपर्छ,
जस्तोसुकै कामनाले बन्दैन घर बालुवाले ।

सारा खुसी बोकिएको यस्तो गजल मन छ कोर्ने,
सन्देश पाउन् गजबको केही सिकुन् भोलिकाले।।

वसन्त ओली `वसन्ती´
दाङ