गजल - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

गजल



फुलको जवाफमा पत्थर आयो
बल्ल ढङ्गको कुनै उत्तर आयो !!

पाउ तान्न अग्रसर देखेँ कोही
बल्ल हिड्न डुल्न क्यै जाँगर आयो !!

पिंजडा उँचो थियो यो भन्दा त
शिर उठाउँ ठोक्किने अम्बर आयो !!

यो जमिन निधार झैँ लाग्यो मेरै
लोक मै नभेटिने अक्कर आयो !!

पत्रमा फगत उनी खन्जर लेख्छिन्
डुब्न बाट जोगिएँ पत्कर आयो !!

शून्यमा हराउने मज्जा बेग्लै
जिन्दगी दिएर यो अवसर आयो !!

टक गुरुङ
तनहुँ, हाल: यु एई