गजल - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

गजल



तिमी पस्दा निहुरेर दिलको दरबारमा
अरू कोही थिए र?दिलको दरबारमा।।

तिमी मात्र छौ त्यहाँ,पत्त्याउदैनौ भने
छर्लङ्गै छ यी हेर दिलको दरबारमा।।

उता आँसु झार्ने गर्छौ कसैको यादमा
पुग्छ यता बगेर दिलको दरबारमा।।

मेरो यो धड्कन मेरै भएन,तिम्रो भयो
तिमी यसरी बसेर दिलको दरबारमा।।

– बिपिन खनाल
बुटबल, हाल काठमाडौँ