गजल - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

गजल



सुसारे म भैदिन्छु रानी बनाई
बसाैँला यतै राजधानी बनाई !!

सधैमात्र हाे युद्धमा रातसंग
कहाँ जान्छ तारा बिहानी बनाई !!

नयनले पनि साेच्न थालिसकेछन्
सजाएर राखाैँ कि “नानी” बनाई !!

बनाेस् प्रिय हाम्राे अमर प्रेमगाथा
सबैले सुनाउन् कहानी बनाई !!

– तपेन्द्र घाेडासैनी
अछाम हाल, काठमाडौँ