गजल-सुमित्रा शिरु - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

गजल-सुमित्रा शिरु



महलको बास धनको खात देखायो
उ पैसा वाल थ्यो औकात देखायो !!

खुसीको हुन्छ कहिले दु:खले घेर्छ
हुँदा दु:खी समयले लात देखायो !!

कसैले जिन्दगी सुन्दर बताएथें
उदेक लाग्दो सफरले घात देखायो !!

नयाँ फेरिन्छ मौसम पालुवा नौला
उही जङ्गलले हरियो पात देखायो !!

अँधेरीले छोपेको साँझको बस्ती
बिहानी चिर्न कालो रात देखायो !!

– सुमित्रा शिरु
हाल, अमेरिका