मधुसुदन बन्जाडेको“म जन्मेको ठाउँ ठुलापोखरा”बोलको गीत सर्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

मधुसुदन बन्जाडेको“म जन्मेको ठाउँ ठुलापोखरा”बोलको गीत सर्वजनिक(भिडियो सहित)



समीर प्रकाश पाण्डे/चैत्र १९ 

लामो समय देखि साङ्गीतिक क्षेत्रमा लागि परेका अर्घाखाँची ठुलापोखरा जन्मिएका गायक सर्जक तथा पछिल्लो समयका साझा सङ्गीत प्रा.ली सञ्चालक मधुसुदन बन्जाडेले आफू जन्मेको अर्घाखाँची छत्रदेब गाउँ पालिका वडा नं: ६ लाई समेटेर “म जन्मेको ठाउँ ठुलापोखरा ” बोलको गीत बजरमा ल्याएका छन् ।

गीत मधुसुदन बन्जाडे र जमुना सनम को स्वर रहेको छ। लय/ शब्द / भिडियो निर्देशन / अभिनय स्वयम् बन्जाडेको रहेको छ भने अभिनयमा बन्जाडेलाई सरगम श्रेष्ठले साथ दिएकी छन् । ठुलापोखराका विभिन्न ठाउँका रमाइला ढृश्य खिचेका छन् अजय रेग्मीले भने सम्पादन अनुप सिवाकोटी को रहेको छ । यस भन्दा पहिला बन्जाडेले आफ्नो जिल्लालाई विश्व सामु चिनाउने उदेश्यले मेरो प्यारो अर्घाखाँची बजारमा ल्याएका थिए जुन गीतले निकै चर्चा पाएको थियो । यो गीतलाई साझा सङ्गीत प्रा.ली ले बजार व्यवस्थापन गरेको छ ।