लुम्बिनी प्रदेशको दोस्रो आर्थिक वर्षकै ठुलो सडक निर्माण आयोजनाले पायो तीव्रता, सांसद केसीद्वारा अनुगमन । - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

लुम्बिनी प्रदेशको दोस्रो आर्थिक वर्षकै ठुलो सडक निर्माण आयोजनाले पायो तीव्रता, सांसद केसीद्वारा अनुगमन ।



कमल विष्ट : लुम्बिनी प्रदेशको दोस्रो आर्थिक वर्षमा बजेट विनियोजन गरी आफ्नै बजेटमा निर्माण सुरु गरिएको लुम्बिनी प्रदेशकै ठुलो सडक आयोजना, शिवराज नगरपालिका ५ खैरी देखि बिजयनगर गाउँपालिकाको खडैजा सम्मको ७ मिटर चौडा र करिब ११ किलोमिटर लम्बाईकन डिबिएस्टी प्रविधिमा निर्माण भइरहेको सडक निर्माणले तीव्रता पाएको छ ।

लुम्बिनी प्रदेश सरकारको २० करोड लागतमा निर्माण सम्पन्न हुने यश सडकले शिवराज नगरपालिकाको खैरी , हर्रहवा, मद्रहवा, सोनपुर, बालापुर , सुन्दरी डाँडा , जर्लहिया देखि बिजयनगरको खडैचा सम्मका स्थानीय बासीहरूलाई प्रत्यक्ष लाभ हुनेछ ।

वर्सौ देखि जीर्ण अवस्थामा रहेको यश क्षेत्रकै पुरानो सडक मध्यको यश आरटिओ सडक निर्माणले पूर्णता पाउनेभएपछी स्थानीय समेत हर्षित छन् ।यसैबिच सडक निर्माणको अनुगमन गर्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले अत्यन्तै मेहनतका साथ ल्याएको बजेटले निर्माण हुने सडक संरचनाको गुणस्तरमा कमी नहोस् भन्ने चिन्ताले निरन्तर अनुगमन गरिरहेको बताउनुभयो ।