टिभिएस दशैँको आशा : दोस्रो बिजेता ठगुन्नाले जितिन ‘आरआर ३१०’ सिसिको बाइक
कैलाली – ‘टिभिएस दशैंको आशा योजना’ का दोस्रो साताका विजेता दार्चुलाको महाकाली नगरपालिका-५ कि हेमलता ठगुन्ना लाई ‘आरआर ३१०’ सिसि बाइक प्रदान गरिएको छ ।
धनगढीमा रहेको वागेश्वरी अटोमोटिभ्सले आज प्रदान गरेको हो ।
पहिलो साता लक्की ड्रमा मार्फत काठमाण्डौ बालुजाका अमितजंग सिटौलालाई वाइक प्रदान गरिएको थियो । सो वाइकको बजार मुल्य ७ लाख ७९ हजार ९ सय रुपैया रहेको छ । बिजेता हेमलता ठगुन्नाले टिभिएसको स्कुटी किनेकी थिइन् ।
लक्की ड्रमामा आफुलाई विश्वास नभएपनि उपहार पाउँदा खुशीको सिमा नरहेको उनले बताइन् । जिन्दगीमा कहिले पनि यस्तो लक्की ड्रमामा विश्वास नरेपनि अहिले आफुले यो उपहार पाउँदा उनि दंग छिन् ।
ग्राहकले टिभीएसको मोटरसाइकल किनेर वा नकिनेर पनि यो योजनाको सहभागी बन्न सक्ने वागेश्वरी अटोमोटिभ्स धनगढीका प्रवन्धक प्रेम साउँदले बताएका छन् । उनले उक्त योजनाको मूख्य विशेषता यही भएको जानकारी दिए । प्रत्येक साता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रशारण गरेर गोला प्रथाबाट बिजेता छानिन्छ ।
टिभिएसको कुनै पनि मोटरसाइकल किन्दा ९ हजार र स्कूटर किन्दा ७ हजार रुपैयाँ नगद छुट पाइन्छ । त्यस्तै ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्दा ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा किन्न सक्ने ब्यवस्था रहेको वागेश्वरी अटोमोटिभ्स धनगढीका प्रवन्धक प्रेम साउँदले जानकारी दिए ।
बम्पर उपहारका रुपमा हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । कम्पनीका अनुसार हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहनेले अनलाइन फारम भर्न सक्नेछन् । यसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने बताइएको छ । जगदम्बा मोटर्स प्रा.लिले नेपालमा टिभिएस टू–ह्वीलर्सको भित्र्याउँदै आएको छ ।