संविधान दिवस: घोडाघोडीमा दिप प्रज्वलन (फोटो फिचर) - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

संविधान दिवस: घोडाघोडीमा दिप प्रज्वलन (फोटो फिचर)



विशाल पाण्डे / कैलाली – नेपालभर विभिन्न कार्यक्रम गरि शनिबार संविधान दिवस मनाइएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ जारी भएको ऎतिहासिक दिनको उपलक्ष्यमा घोडाघोडी नगरपालिकाको आयोजनामा सुखड बजारमा पनि दिप प्रज्वलन गरि संविधान दिवस मनाइएको हो ।

कार्यक्रममा बोल्दै घोडाघोडी नगरपालिकाका प्रमुख ममता प्रसाद चौधरीले विश्वको उत्कृष्ट संविधान मध्य नेपालको सबैभन्दा उत्कृष्ट संविधान रहेको बताए । संविधानलाई विरोध नगरी परिस्कृत गर्दै नमिलेका कुराहरुलाइ थप मिलाउदै जानुपर्ने नगर प्रमुख चौधरीले बताए । संघिय लोकतान्त्रिक गणतन्त्र शााशन व्यवस्था सबै भन्दा उत्कृष्ट शाशन ब्यवस्था हो । उनले भने , ‘यसमा हामिले उत्कृष्ट संबिधान प्राप्त गरेका छौं । यसलाइ हामि सबैले अपनत्व ग्रहण गरौं ।’

कार्यक्रममा बोल्दै बडीमालिका नगरपालिका बाजुराका नगर प्रमुख पदम बहादुर बडुवालले यो संबिधान उत्कृष्ट रहेको बताएका छन । उनले यो संबिधानले सबै जनताको अधिकारलाइ स्थापित गरेकाले यसलाइ बचाइ राख्नुपर्ने बताए ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंह, विभिन्न राजनीतिक दलका प्रतिनिधि ,युवा संघका प्रतिनिधि ,विद्यार्थी संघका प्रतिनिधि , समाजसेवी ,व्यापारी , लगायतकाको उपस्थिति रहेको थियो ।