आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ



कञ्चनपुर – कञ्चनपुरमा आमालाई बलात्कार गरेको आरोपमा छोरा पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका -६ मौरिफाँटामा मदिराले लठ्ठीएर ३० बर्षिय छोराले आफ्नै ५८ बर्षिया आमालाई बलात्कार गरेको आरोपमा छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ज्यान मार्ने घम्की दिदै छोराले बारम्बार यौन हिंसा तथा करणी गर्दै आएको भन्ने आमाको उजुरीको आधारमा पिडक छोरालाई बुधबार नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

अहिले पक्राउ परेका छोरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सानैमा बाबु गुमाएका छोरालाई बाबुको कमी महसुस हुन नदिई पालनपोषण गरेको बुझिएको छ ।