गजल - रूप रसाइली - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

गजल – रूप रसाइली



सयौँको भिडमा ढलिरहेको छ।

बिचराले श्वास मागिरहेको छ।

 

कसैको तिहार फर्किन्न कहिल्यै

लास माथि फुल बर्षिरहेको छ।

 

“आमाले सिंदूर भर्खरै पखालिन्

यॊ सहर रङ्ग, बेचिरहको छ!”

 

यी लर्के कपाल बेअर्थ खौरिनँ

दूधे भाइ प्रश्न सोधिरहेको छ!

 

खरानी बनाए त्यो रूप जलाई

झझल्को आँखामा दौडिरहेको छ