बाढी पीडितलाई सामुदायिक वनको सहयोग - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

बाढी पीडितलाई सामुदायिक वनको सहयोग



बाैनिया,कैलाली – बुधबार साझ परेको अबिरल बर्षाका कारण भएको क्षति बाट पिडित बनेका २० घर परिवारलाई रानिजरुवा सामुदायिक बन उपभोक्ता समुहले राहात वितरण गरेको छ ।

बर्दगाेरिया गाउपालिका- ३ मा रहेको साे बनले साेहि वडाको बुटकाैवा टाेलका २० घर परिवार लाई उत्त राहात वितरण गरेको हाे । राहात मा सम्पूर्ण २० परिवारलाई समान रुपमा १० केजी चामल,१ केजि दाल १ केजि नुन र १ लिटर खाने तेल वितरण गरियकाे सामुदायिक बनका अध्यक्ष लाल सिंह बिश्वकर्माले जानकारी दिए । बिश्वकर्माका अनुसार याे प्रारम्भिक राहातले पिडित परिवारलाई थाेरै भए पनि छाक टार्न सहयाेग हाेस भन्ने हेतुले उक्त सामाग्री हस्तान्तरण गरिएकाे हाे । बुधबार साझ परेको अविरल बर्षाको कारण बर्दगोरिया गाउपालिका- ३ बुटकौवा टोलका अधिकांस घरहरुमा बाडी पसि डुवान पर्नुका साथै खाद्यान्न ,भाडाकुडा ,लत्ताकपडा आदिको क्षति भएको छ ।