कठिन यात्रा, साहसी मन्त्री - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

कठिन यात्रा, साहसी मन्त्री



अछाम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले अछामको रामारोशन गाउँपालिकामा बाढीका कारण भएको क्षतिको कठिन यात्राका बाबजुद पनि स्थलगत निरीक्षण गर्दै आएका छन्।

गत शुक्रबार प्रदेशको अस्थायी राजधानीबाट अछाम गएका आर्थिक मामिला मन्त्री सहितको टोलीले साँफेबगर नगरपालिकाको बुढिगंगा नदिमा आएको बाढीले पुराएको क्षतिको स्थलगत अनुगमन पछि बाढीका कारण आक्रान्त भएको रामारोशन गाउँपालिका पुगेर बाढीका कारण हिड्डुल नै गर्न नसकिने अवस्थामा पनि जोखिमको यात्रामा प्रभावित क्षेत्रको निरीक्षण गर्दै आएका हुन। रामारोशन गाउँपालिकाको मुजा बगर, पुल बजार, खाल बजार, सैनीबजार, लगायत क्षेत्रको स्थलगत निरीक्षण गर्दै मन्त्री बोहराले बाढीको प्रमुख कारण बनेको धनेसल्ला क्षेत्रको समेत निरीक्षण गरेका छन्।

त्यति मात्रै होइन मन्त्री बोहराले बाढीका कारण ज्यान गुमाएका परिवारलाई समेत भेट गरि सान्त्वना दिनुका साथै बाढीले सम्पर्क नै टुटेको अवस्थामा आवागमनलाई केही सहज बनाउनका लागि भन्दै तत्काल गोरेटो बाटो निर्माणको काम भइ मुजा बगर देखि सैनिबजार सम्मको आवागमन सहज भएको छ। उनले गोरेटो बाटो निर्माण भइ आवागमन सहज नभएसम्म आफू रामारोशन गाउँपालिकाबाट नफर्किने प्रतिबद्धता स्थानीयमा गरेको उनका स्वकीय सचिव आदर्श साउदले बताएका छन्।

प्रदेशको मन्त्री बोहराको रामारोशन गाउँपालिकाको यो कठिन अवस्थामा लौरोको सहारामा जनताको पिडामा मलम लगाउने काम गरेको स्थानीय बताएका छन् । – समाधान न्युज डट कम