हरितालिका तिज : सुनसान घोडाघोडी (फोटो फिचर)
सुखड,कैलाली – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार राति १२ बजे देखि लागु हुने गरि निषेधाज्ञा जारी गरेपछि कैलालीको धार्मिक तथा पर्यटकीय क्षेत्र घोडाघोडी मन्दिर क्षेत्र सुनसान बनेको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल तृतीया अर्थात हरितालिका तिजका दिन बिहान घोडाघोडी मन्दिरमा सयौंको संख्यामा बर्तालु महिला पूजा आराधना गर्न पुगेपनी यस वर्ष कोरोनाको महामारीका कारण मन्दिर क्षेत्र सुनसान बनेको हो । कोरोना रोकथाम तथा नियन्त्रणका लागी जिल्ला प्रशासन कार्यालय कैलालीले १४ गते राती १२ बजेसम्म सम्म निषेधाज्ञा जारी गरेको छ ।