अमेरिका निवासी गीतकार न्यौपानेको 'कम्मरमा पटुकी' बोलको गीत भिडियो सहित सार्वजनिक - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अमेरिका निवासी गीतकार न्यौपानेको ‘कम्मरमा पटुकी’ बोलको गीत भिडियो सहित सार्वजनिक



गायक प्रताप दासको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । अमेरिका निवासी गीतकार बालकृष्ण न्यौपानेको गीति एल्वम ‘बिहानीको सितल’मा समाविष्ट ‘कम्मरमा पटुकी’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको हो ।

सुनिल राईको संगीत रहेको गीतकार न्यौपानेको ‘कम्मरमा पटुकी’ गीतमा प्रेम र प्रकृतीको कलात्मक संयोजन रहेको छ । ग्रामिण भेगकी सरल युवतीको सौन्दर्य बर्णन रहेको गीतलाई दिपक गीरीले छायांकन गरेका हुन् ।

दुर्गा धिमाल न्यौपाने निर्माता रहेको भिडियोलाई निर्देशक मुनाल शिशिरले निर्देशन गरेका हुन् भने कमल सिंह र नग्मा श्रेष्ठको अभिनय रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको कम्मरमा पटुकीलाई अर्जुन पोखरेलले सम्पादन गरेका हुन् ।

हाल अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनिया बसोबास गर्दै आएका गीतकार बालकृष्ण न्यौपाने अमेरिकामा रहेर पनि नेपाली साहित्य र संगीतमा क्रियाशिल रहँदै आएका छन् । उनका यस अघि तितो लाग्न थाल्यो, अव यि हातहरु, पहिले कतै लगायतका गीतहरु सार्वजनिक छन् भने उनका स्वरमा जहाँ जान्छु त्यहिँ पाउँछु, हाम्रो पहिलो प्रेम, अव यि अल्छी हातमा, बनमारा फुल्ने फूलमा लगायतका गीतहरु सार्वजनिक छन् ।