पत्रकार साउँदमाथि हातपात - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

पत्रकार साउँदमाथि हातपात



कैलाली । धनगढीका पत्रकार तथा दिनेश एफ.एमका समाचारदाता कमल साउँद माथि हातपात भएको छ ।

समाचार संकलन क्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय परिसरमा उनी माथि हातपात भएको हो ।

पशुपंक्षी विकास महाशाखाका प्रमुख डाक्टर हेमराज अवस्थीको कार्यकक्षमै धनगढी उप–महानगरपालिका वडा नम्बर ५ हसनपुरका हर्कबहादुर देउवा र उनका छोरा ठक्कर देउवाले दुव्र्यवहार गर्दै हातपात गरेको उनले बताए ।

समाचार लेखेकै कारण आफूमाथि हातपात भएको साउँदले बताए ।