बझाङमा कोरोना सङ्क्रमित एक युवकले गरे आत्महत्या - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

बझाङमा कोरोना सङ्क्रमित एक युवकले गरे आत्महत्या



कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित एक युवकले आत्महत्या गरेका छन् । बझाङको खप्तड छान्ना गाउँपालिका -७ का १८ वर्षीय युवकले शुक्रवार आत्महत्या गरेको गाउँपालिका अध्यक्ष बर्ख रोकायले जानकारी दिए ।

१९ जेठमा भारत बाट आएका उनी लामागाडा प्रावि क्यारेन्टानमा बस्दै आएका थिए । असार १ गते उनलाई आरडिटि परीक्षण गर्दा पोजेटिभ आएको र बिहीबार पिसिआर पनि पोजेटिभ आएको वडाध्यक्ष रोकायले बताए ।
पिसिआरको रिर्पाेट आउनु भन्दा केही दिन पहिले उनी घर गएका थिए । ‘घरमा आफन्तले सुरक्षित राख्छौँ भनेर घर लगेका हुन्’ उनले भने ‘आज कोही नभएको मौका छोपेर आत्महत्या गरेछन् ।’

घर भन्दा करिब ३० मिनेटको दुरीमा रहेको जङ्गलमा झुण्डिएर आत्महत्या गरेको वडाध्यक्ष रोकायले बताए ।
सङ्क्रमित युवक केही दिन देखि घरमै रहेको हुँदा उनको परिवारका अन्य सदस्यहरूको पनि पिसिआर परीक्षण गरिने उनले बताए ।