घोडाघोडीमा ३२ जनामा कोरोना पुष्टि , कुन वडामा कति ? हेर्नुहोस् ! - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

घोडाघोडीमा ३२ जनामा कोरोना पुष्टि , कुन वडामा कति ? हेर्नुहोस् !



विशाल पाण्डेय / कैलाली –
घोडाघोडी नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा भएको परीक्षणमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै घोडाघोडीमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।

नगरको वडा नं ३ मा ३ जना ,६ मा २ जना,१ मा १ जना ,९ मा २ जना र ८ मा ३ जना गरि शनिबार ११ जनाको कोरोना पुष्टि भएको घोडाघोडी नगरपालिकाका सिनियर अहेव अधिकृत मीन बहादुर धामिले जानकारी दिए । उनले स्वास्थ मन्त्रालयको नियमानुसार १४ दिन कटेकाहरुलाइ एक हप्ता अलग्गै बस्ने सर्तमा स्वाब संकलन गरि घर पठाइएको जानकारी दिए । धामिले कोरोना पुष्टि भएको मानिसहरुको करिब एक महिना हुन लागेको हुँदा अरुलाइ नसर्ने बताए ।उनले भने, ‘ कोरोना सर्ने समयमा उहाँहरु क्वारेन्टाइनमै रहनु भयो , अब सर्ने सम्भावना एकदमै न्युन हुन्छ । पुष्टि भएको घरपरिवारको १४ दिन पुगेपछि आरडिटी परिक्षण गर्नेछौं ।’

कुन वडामा कति संक्रमित

घोडाघोडी नगरपालिकाले आईसोलेशनमा रहेका ७० जनाको स्वाव संकलन गरी पठाएका मध्य हालसम्म ३१ जनामा कोरोना पुष्टि भएको छ ।

७० जना मध्य २० जनामा बिहिवार कोरोना पुष्टि भएको हो भने ११ जनामा शनिबार पुष्टि भएको हो । यस अघि पनि वडा नं ११ का ३२ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको थियो । कुन वडामा कति संक्रमित छन् यस्तो छ तथ्यांक ।

घोडाघोडी नगरपालिका

  • वडा नं १ मा १ जना संक्रमित
  • वडा नं ३ मा ८ जना संक्रमित
  • वडा नं ५ मा ४ जना संक्रमित
  • वडा नं ६ मा ५ जना संक्रमित
  • वडा नं ८ मा ५ जना संक्रमित
  • वडा नं ९ मा ८ जना संक्रमित
  • वडा नं ११ मा १ जना संक्रमित