राहत संकलनमा जुटे युवा, ‘मुठ्ठि दान महादान’ अभियान सुरु
कैलाली । ‘मुठ्ठी दान, महादान भन्ने’ नारा सहित जन उत्थान तथा चुरे संरक्षण विकास मञ्चले मुठ्ठि दान महादान अभियान सुरु गरेको छ । आर्थिक विपन्नता तथा क्वारेनटाइनमा बसेका ब्यक्तिहरुका लागि अभियान सञ्चालन गरिएको जन उत्थान तथा चुरे संरक्षण विकास मञ्चका संयोजक सुनिल केसी ले बताए ।
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारसको संक्रमणका कारण सरकारले गरेको लकडाउनले काम गरिखाने बर्गहरुलाइ जिविकोपार्जन गर्न मुस्किल भइरहेको यो अवस्थामा केहि सहज होस भन्ने उदेश्यले राहत संकलनमा जुटेको उनले बताए । राहत स.कलनको पहिलो दिन करिब दुइ क्विन्टल चामल, १२ किलो दाल, ३ हजार ३ सय २० रुपैयाँ नगद रकम संकलन भएको छ ।
सरकारको राहतको बाटो हेर्दा अन्यौलता सिर्जना भएकाले केहि सहज होस भन्ने उदेश्यले सामाजिक संस्था मार्फत वडा संग समन्वय गरि राहत संकलन गरिन लागेको बताउदै संयोजक केसिले अहिले वडा नं ८ बाट सुरु गरेको अभियान सबैको सहयोग रहे नगर हुदै जिल्ला सम्म पुग्ने योजना रहेको बताए ।
राहत संकलनमा सभागी भएका युवा समाजसेवी दिनेश बमले एक मुठी अन्नदानले संकटमा परेकाहरुको छाक टार्न सहयोग पुग्ने हुँदा सबैले आ अफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । उनले भने, गाउँ बाचे सहर बाच्छ,सहर बाचे देश’ त्यसैले सबैले आफ्नो ठाउबाट लाग्नुपर्छ ।
राहत संकलनको कार्य घोडाघोडीनगरपालिका वडा नं ८ का अध्यक्ष भिम बोगटिको घर बाट गरिएको थियो । बोगटिले राहत संकलनका लागि गरिएको यो कार्य सराहनिय रहेको बताउदै यसमा पुर्ण सहयोग रहने बताए । उनले अहिलेको यो कोरोनाको समयमा मात्र नभइ अन्य बिपत्ति आइपर्दा पनि यसरी नै सहयोग गर्नेमा विश्वास ब्यक्त गरे ।
