सहयोग नेपालको पहलमा खाद्यान्न वितरण - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

सहयोग नेपालको पहलमा खाद्यान्न वितरण



कैलाली । कैलालीका बिभिन्न स्थानका ६७ परिवारलाई आइतबार खाद्यान्न बितरण गरिएको छ । विश्वमा महामारीको रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको बादी समुदायमा रहेका ५१ परिवार , कैलालीकै घोडाघोडी नगरपालिका–१ मा रहेको हिम्मतपुर मुक्त कमैया शिविरका १२ परिवार तथा लोहरपुर गाउँका ४ सहित ६७ परिवारलाई सहयोग नेपालको पहलमा खाद्यान्न वितरण गरिएको हो ।

गैर आवासीय नेपाली सङ्घ स्विजरल्याण्डका उपाध्यक्ष शुभ एल्मार लामाको आर्थिक सहयोगमा प्रति परिवार १५ केजी चामल, ५ केजी पिठो, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल, २ केजी सोयाविन र ५ केजी पिठो र सावुन लगायतका खाद्यान्न वितरण गरिएको सहयोग नेपालका अध्यक्ष प्रकाश मिश्रले जानकारी दिए ।

विश्व माहामारी सँग लडिरहेकावेला देशमा लकडाउनको समयमा मजदुर वर्गलाई समस्या परेको र उहाँहरुहरुको घरमा चुल्हो नबल्ने स्थिति आएकाले आफूहरूको पहलमा एउटा पुण्यको काम गर्न पाएको अध्यक्ष मिश्रले बताए । अध्यक्ष मिश्रले ६७ परिवारको भोक मेटाउने यो पुण्य कामका लागी गैर आवासीय नेपाली सङ्घ स्विजरल्याण्डका उपाध्यक्ष शुभ एल्मार लामा लाई हार्दिक धन्यवाद दिन चाहेको बताउँदै सङ्कटको समयमा सबैले आ–आफ्नो ठाँउवाट सकेको सहयोग गर्नुपर्ने बताए ।