संवाद-कविता - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

संवाद-कविता



ऊ जेल जत्तिकै पुरानो भैसक्यो।

जेलका भित्ता भित्ताले उसलाई

चिन्दछ

भित्ता उसको साथी भैसक्यो

साइनो लगाइसक्यो छुट्दै नछुट्ने।

अचेल

सानो चरबाट बल्लबल्ल छिर्ने

मधुरो किरणदेखि उसलाई डर लाग्छ

अत्तालिन्छ बेस्सरी।

भित्तो नजिकै गएर भन्छ

“ए भित्तो तँलाई डर लाग्दैन?”

मौसम भुसाल पर्वत