स्थानीय तहलाई याक नेपालको सहयोग - Himal Post Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

स्थानीय तहलाई याक नेपालको सहयोग



विशाल पाण्डेय / कैलाली ।
परिवर्तनका लागी कार्यरत युवा समुह (याक नेपाल) ले कैलालीका दुई स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ । जिल्लाको घोडाघोडी नगरपालिका र गौरीगंगा नगरपालिकालाई शुक्रबार खाद्यान्य हस्तान्तरण गरेको हो ।

याक नेपालका कार्यकारी निर्देशक डबल बमले घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी गरिएको लकडाउनका बेला दैनिक उपभोग्य सामान नभएर चुल्हो समेत बल्न छाडेका विपन्न परिवारका लागि राहत स्वरुप खाद्यान्न वितरण गरिएको याक नेपालका कार्यकारी निर्देशक बमले बताए । उनले घोडाघोडीका ६७ र गौरीगंगामा ६३ परिवार गरी १ सय ३० परिवारको लागी राहत हस्तान्तरण गरेको बताए ।

घोडाघोडीमा २०.१० क्विन्टल चामल, २ सय १ किलो दाल , १ सय ३४ लिटर तेल, १ सय ३४ किलो नुन, १ सय ३४ किलो चिनि र २ सय ६८ पिस साबुन नगरपालिकाई हस्तान्तरण गरिएको याक नेपाल खाद्य अधिकार सवलिकरण परियोजना वरिष्ठ अधिकृत देवी खनालले बताए । त्यस्तै गौरीगंगामा १६.४० क्विन्टल चामल, १ सय ८९ किलो दाल, १ सय २६ लिटर तेल, १ सय २६ किलो नुन, १ सय २६ किलो चिनि र २ सय ५२ वटा साबुन हस्तान्तरण गरिएको खनालले बताए । उनले याक नेपालले काम गर्ने क्षेत्र घोडाघोडी नगरपालिका-१२ का ६७ घरपरिवारलाई नेपाल सरकारको मापदण्डअनुसार खाद्यान्न उपलब्ध गराएको बताए ।

नगर प्रमुख ममता प्रसाद चौधरीले विपद्को बेलामा सहयोग गरिएको भन्दै याक नेपाललाई धन्यवाद दिदै उक्त खाद्यान्न वडा नं १२ का साँझ बिहानको एक छाक खाना पनि जुटाउन मुस्किल भएका अति विपन्न परिवारलाई अनुगमन गरि तुरुन्तै राहत उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन् । याक नेपालले विगत १० बर्ष देखि खाद्य अधिकार क्षेत्रमा काम गर्दै आइरहेको छ ।