भारतीय क्वारेन्टाइनबाट हजारौंलाई फर्काईयो स्वदेश ,युवा नेताहरु बने धन्यवादका पात्र - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

भारतीय क्वारेन्टाइनबाट हजारौंलाई फर्काईयो स्वदेश ,युवा नेताहरु बने धन्यवादका पात्र



नयाँ दिल्ली : भारतका विभिन्न राज्यमा ठुलो सङ्ख्यामा नेपालीहरू अलपत्र भइरहँदा करिब २ महिना देखि भारतकै क्वारेन्टाइनमा भएका नेपालीहरूलाई स्वदेश फर्काइएको छ ।नेपाल सरकारले तुरुन्त स्वदेश ल्याउन सकिँदैन भन्दै गर्दा नेपाली काँग्रेसका युवा नेता सन्दीप राना र नेकपा युवा नेता आरबी खड्काको पहलमा उनीहरू फर्किन सफल भएका छन् ।

उत्तर प्रदेशको रामपुरदेखि गौरीफण्टासम्म विभिन्न क्वारेन्टिनमा रहेका करिब एक हजार जनालाई नेपाल फिर्ता पठाइएको छ। उनीहरूको सूचि तयार गरिएपछि जोगबनी, सुनौली, नौतुनवा र गौरीफण्टा लगायतका नाकाबाट नेपाल पठाइएको हो।

कसरी बन्यो फिर्ता गर्ने योजना ?

भारत एवम् नेपालमा लकडाउन जारी रहेकै बेला सीमा पनि सिल गरिएको अवस्था छ ।तर क्वारेन्टाइनको अवधि पुरा भई सक्दा पनि नेपालीहरू आफ्नो घर जान नापाएपछी हार गुहार गर्न थालियो ।क्वारेन्टाइन अवधि पुरा पश्चात् उनीहरूलाई त्यहाँ सुविधा कटौती भयो ।विभिन्न माध्यमबाट जनाकारी पाएपछि दुई युवा नेताले उनीहरूलाई नेपाल फर्काउने चाँजो पाँजो मिलाउन लागे ।सोही क्रममा उनीहरूले अलपत्र परेका नेपालीहरूको डाटा सङ्कलन गरी उनीहरूको गृह जिल्ला,नगरपालिका ,गाउँपालिका एवम् वार्डमा सर्वदलीय बैठकद्वारा सहमतिको योजना बनाई फर्काउने वातावरण तय भयो ।

कसरी सफल भयो योजना ?

उत्तर प्रदेश राज्यका मुख्यमन्त्री मुख्यमन्त्री योगी आदित्यनाथको अहम् भूमिकामा रहेको छ ।केही दिन अगाडी नै ट्विटर मार्फत नेपाल फर्कन चाहने नेपालीहरूलाई आफूले सीमासम्म लैजाने व्यवस्था गर्ने घोषणा पनि गरेका थिए ।जहाँ नेपालीहरू बसेका थिए त्यस जिल्लाका डीएम ,एस पी र एडीयमको सहयोग भयो भने नेपाल तर्फ प्रदेश नम्बर ५ ,सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका जिल्ला प्रतिनिधि ,स्थानीय प्रतिनिधि एवम् सर्वदलीय बैठक पश्चात् सम्भव भएको हो ।

के भन्छन् उद्धार कर्ता ?
फ्रन्ट लाइनमा उनीहरू देखिए पनि उनीहरूलाई ऊर्जा प्रदान गर्ने थुप्रै भएको बताएका छन् । प्रवासी नेपाली सङ्घका लोकनाथ भण्डारी र ईश्वरी भण्डारी ,नेपाली जनसम्पर्क समितिका बालकृष्ण पाण्डे ,नेबिसंघका अम्बिका प्रसाद जोशी ,विद्यार्थी नेता सुधन महत ,होटेल व्यवसायी दीपक जिसी एवम् उत्तर प्रदेशको रामपुरदेखि गौरीफण्टासम्म विभिन्न क्वारेन्टीनमा रहेकाहरूलाई सुरक्षित सीमासम्म पुग्न रामपुरका डी.एम. आंजनेय कुमार सिंह, खीमपुर खीरीका डी.एम. शैलेन्द्र कुमार सिंह र एस.पी. पुनमले ठुलो सहयोग गरेको बताएका छन् ।

यसअघि युवा नेताद्वय कै पहलमा आनन्द बिहारमा फसेका सयौँ नेपालीहरूलाई पनि नेपाल पठाउने काम भएको थियो। साथै उनीहरूले भारतका विभिन्न राज्यहरूमा अलपत्र भएका नेपालीहरूलाई त्यहाँको प्रशासन,भारतीय सङ्घ सङ्गठन र नेपाली राजनैतिक दलका व्यक्तिहरू सँग मिलेर खाद्यान्न एवम् अत्यावश्यक सामाग्रीको व्यवस्थापन पनि गर्दै आएका छन् ।