धनगढीमा राहतको नाममा कुहिएको चामल बाडेपछी.. - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

धनगढीमा राहतको नाममा कुहिएको चामल बाडेपछी..



कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिकाले वितरण गरेको खाद्यान्न गुणस्तरहिन भएको प्रमाणित भएको छ । धनगढीको वडा नम्बर ४ उत्तरबेहडी, शिवपुरीधाममा सोमबार बिहान वितरण गरिएको चामलमा किरा परेको र कुहिएको फेला परेको थियो ।

उक्त विषयमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक कुमार थापासँग सम्पर्क गरि वितरणका लागि शिवपुरी धाममा राखिएको खाद्यान्नमा छापा मार्दा उक्त चामल गुणस्तरहिन प्रमाणित भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा अवस्थित शिवपुरीधाममा वितरणका लागि राखिएको खाद्यान्न सामाग्रीमा पत्रकार, स्थानिय, जनप्रतिनिधि, खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रत्यक्ष उपस्थितिमा गरिएको छड्केमा जनताका लागि वितरण गरिएका राहत गुणस्तरहिन प्रमाणित भएसँगै उक्त खाद्यान्न आपुर्तिमा संलग्न रहेको ठाकुर टे्ड लिंकलाई थप छानबिन र कारबाहिको लागि सिफरिस गरिएको छ ।

उप–महानगरपालिकाले दुई करोड ६१ लाखमा तीन हजार तीन सय क्वीन्टल चामल, ८ सय क्वीन्टल दाल लगायतका सामाग्री खरिदका लागि ठाकुर ट्रेडसंग ठेक्का गरेको थियो ।