लकडाउनको समयमा तस्करी तथा वन अतिक्रम गर्ने १३ जना विरुद्ध मुद्दा चलाइयो
कैलाली । विश्व भरी कोरोना भाइरसले आतंक बनाइरहेका समयमा केही भु-माफियाहरु भने बनक्षेत्रको जमिनमा आँखा लगाई रहेको पाइएको छ । बन क्षेत्रमा काठ तस्कर , बन अतिक्रमण , बन्यजन्तु सिकारमा गरि कैलाली डिभिजन बन कार्यलय धनगढिले १३ जना बिरुद्ध मुद्दा चलाएको छ ।
बन क्षेत्रमामा भएको अतिक्रमण हटाउनका लागि अहिले बन कार्यलयले प्रयास गरिरहेको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका- ४ गोदावरी बाट बन क्षेत्रमा अतिक्रमण गरि घर टहरा निर्माण गरेका ५ जना प्रकाउ गरि मुद्दा चलायको छ ।कैलालीका फुलबारी सब डिभिजन बन कार्यालय , चौमला सब डिभिजन , गेटा सब डिभिजन बन कार्यलय लगायतका ठाँउ बाट ७ जनालाई काठ तस्कर गरेको र एक जनालाई वन्यजन्तु सिकार गरेको आरोपमा मुद्दा चलायको डिभिजन बन कार्यलय कैलालीका प्रमुख राम चन्द्र कंडेलले जानकारी दिए ।
त्यस्तै जिल्लाको घोडघोडी नगरपालिका- ५ सितलपुरमा रहेको शान्ति सामुदायिक वन क्षेत्रको अतिक्रमण हटाईएको छ । सामुदायिक वन अतिक्रमण गरी व्यक्तिगत प्रयोजनमा ल्याईएको करिब २ हेक्टर क्षेत्रफलको अतिक्रमण हटाईएको सव-डिभिजन कार्यालय, सुखडका प्रमुख समिर थापाले जानकारी दिए ।

बन अतिक्रण गरी कृषि, केरा खेती गर्ने, दाउरा राख्ने र गोठ बनाउने गरेको पाईएकोले उक्त क्षेत्र खाली गरिएको समेत उनले बताए । वन अतिक्रण गरी लगाईएको केरा खेती नष्ट गरिएको र भौतिक संरचना ७ दिन भित्र हटाउन निर्देशन दिईएको बताईएको छ । सब डिभिजन बन कार्यलय बल्चौर , सब डिभिजन बन भजनी ,डिभिजन बन कार्यलय पहलमानपुर र ईलाका प्रहरी कार्यलय सुखडको सहयोगमा दुइ दिन लगायर अतिक्रमण हटाउइएको थापाले जानकारी दिए ।
यता चिसापानी सब डिभिजन बन कार्यलयले पनि बन क्षेत्रमा गरियको अतिक्रमण हटाउने प्रयास गरि रहेको जनाएको छ ।चिसापानी बजार नजिकै रहेको बन अतिक्रमणक हटायको र बजार क्षेत्रमा गरियको अतिक्रमणको हटाउनका लागि समन्वयका लागि सरोकारवाला वाला निकायसंग छलफल गरि रहेको सब डिभिजन बन कार्यलयका प्रमुख शुरेस रोकायाले जानकारी दिए ।
कैलालीमा राष्ट्रिय बन तथा सामुदायिक बन , मुक्तकमैया , बाढी पिडित तथा अन्य संघसंस्था गरि करिब २२ हजार हेक्टर बन क्षेत्र अतिक्रमण भएको जनाइएको छ ।