नेपाली समुदायलाई राहत वितरण गर्दै लुधियानाका समाजसेवी
डिआरजी सुमन/अर्घाखाँची
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण संसारभर लकडाउन चलिरहेको छ । प्रायः हुनेखानेको लागी यो लकडाउनले त्यतिठुलो नकारात्मक प्रभाव पारेको नहुन पनि सक्छ तर यसै मानवीय समाजमा दैनिक ज़्यालादारीमा काम गर्ने लाखौ मज़दूर लकडाउनलाई पालना गर्दा भोकले मर्ने र पालना नगर्दा प्रहरीको कुटाई खानें संकटमा वाँच्नु परेको तितो यथार्थ छ ।
नेपालमा रोज़गारको अभावको कारण सस्तो ज्यालादारीमा भारतका विभिन्न स्थानमा काम गर्ने नेपाली नागरिक लाखौको संख्यामा छन । एक महिना भन्दा लामो समय लकडाउन भएपछि भारतमा रहेका नेपालीहरु भोकमरीको संकटमा पर्ने ख़तरा दिनानुदिन वढ्दै छ । यता केही ठुला व्यापारि र नेताहरु राजनितिक तथा नाफानोक्सानको वहसमा जुटीरहेको समय उता गरिव मज़दूर जिवनमरणको अवस्थामा पुगेका पनि छन ।

यसैविच केही समाजसेवीहरु आफ्नो छाक कटाएर भएपनि गरिवदुखी र वास्तविक समस्यामा परेकाहरुलाई राहत वितरण गर्न झोपड़ी धाउन लागेको देखिन्छ । यस्तै उदाहरणीय व्यक्तिहरु हुन जो भारतको सिएमसी अस्पताल सहित लुधियानाका कयौ स्थानमा व्यापारिक प्रतिष्ठान तयार गरी सकेका र नेपालमा पनि स्थापित एक व्यावसायिक व्याक्तित्व विकास रेश्मी ।विकाश रेश्मी अर्घाखाँची जिल्लाको पाणिनि गाँउ पालिका वडा ने ५ मैदानमा जन्मिएको भएका पनि कपिलवस्तु सहितका स्थानमा व्यावसायिक कारोबार संचालन गर्ने आउनु भएको छ । यतिवेला यी व्यावसायि रेश्मीले नेपाल तथा भारतमा समस्यामा रहेका नेपालीहरुलाई राहत वितरण गरिरहेका छन् ।
प्रदेश नं ५ स्थित कपिलवस्तुलाई आवश्यकता रहने २० थान पिपीई ५ ने प्रदेश सांसद विष्णु पन्थी मार्फ़त प्रदान गर्नु भएको छ । भारतको पंजाब राज्य स्थित लुधियाना जिल्लामा पनि २०० वढी नेपाली परिवारको लागी आवश्यक खाद्यान्न सामाग्री उपलब्ध गराई लुधियाना जिल्ला अदालतमा कार्यरत नेपाली अधिवक्ता ललिता पोखरेल, समाजसेवी गोविन्द परियार, स्थानिय अधिवक्ता सिद्धार्थ सारदा मार्फ़त खाद्यान्न वितरण भएको छ ।
यतिवेला दैनिक रुपमा लुधियानामा अधिवक्ता ललिता पोखरेल, अधिवक्ता सिद्धांत शारदा,समाजसेवी कृष्ण शर्मा र गोविन्द परिवारको सक्रियतामा विभिन्न वस्तिमा पुगेर नेपालीहरुलाई राहत वितरण भई रहेको छ । हामी दैनिक रुपमा राहत वितरण गरी रहेका छौ । लुधियानामा कोहीपनि खाद्यान्न समस्यामा हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ अधिवक्ता पोखरेलले भन्नु भयो ।
लकडाउनको समय राहत वितरण कार्य त्यति सजिलो छैन तैपनि हामी आवश्यक कानुनी प्रकिया पुरा गरी खाद्यान्न निरन्तर रुपमा वितरण जारी राखेका छौ । कसैले यस काममा राहत सामग्री दिन चाहेमा पनि उपलब्ध गराउन सक्नु हुनेछ हामी वितरण कार्यमा सहयोगी भूमिका खेल्नेछौ अधिवक्ता ललिता पोखरेको भनाई छ । यस्तै भारतको लुधियाना स्थित विभिन्न सामाजिक संघसस्थामा क्रियाशीलता जनाउदै आउनु भएका गोविन्द परियार यों लकडाउन को समयमा पनि आपत विपतमा परेका नेपालीको वस्तिमा पुगेर वास्तविकता वुझी राहत वितरण कार्यमा सहयोगी वन्नु भएको छ ।