गौरीगंगालाई क्वारेन्टाइनका लागि आवश्यक सामाग्री हस्तान्तरण - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

गौरीगंगालाई क्वारेन्टाइनका लागि आवश्यक सामाग्री हस्तान्तरण



कैलाली । कोरोना भाइरस (कोभिड -१९ ) को रोकथाम तथा व्यवस्थापनका लागि कैलालीको गौरीगंगा नगरपालिकालाई आवश्यक सामाग्री प्रदान गरिएको छ ।

सामाजिक विकासका लागि सचेत समाज (cssd) बालकल्याण , दिगो बिकास र वल्डभिजनको साझेदारीमा एक लाख तेत्तीस हजार रुपैयाँ बराबरको सामाग्री नगर प्रमुख भिम बहादुर देउवालाई हस्तान्तरण गरिएको हो ।

कोभिड-१९ को सम्भावित खतराबाट जोगाउन क्वारेन्टाइनका लागि अाबश्यक सामाग्री तथा विपन्न वर्गलाई राहत प्रदान गर्न खाद्यान्न हस्तान्तरण गरिएको (सिएसएसडी) का सामाजिक परिचालक प्रेम चौधरीले जानकारी दिए ।