नेकपा घोडाघोडी नगर कमिटीद्धारा नगरपालिकालाई १ लाख हस्तान्तरण - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

नेकपा घोडाघोडी नगर कमिटीद्धारा नगरपालिकालाई १ लाख हस्तान्तरण



विशाल पाण्डेय / कैलाली ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोडाघोडी नगर कमिटिले घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

घोडाघोडी नगर कमिटि सचिव खगेन्द्र हमालले नगर प्रमुख ममता प्रसाद चौधरीलाई १ लाख बराबरको चेक बिहिवार हस्तान्तरण गरेका थिए । कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन बाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि नेकपा घोडाघोडी नगर कमिटिले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको सचिब हमालले बताए ।

नगरमा भएका नेकपाका विभिन्न व्यक्तिहरुसंग सहयोग स्वरुप संकलन गरेर पहिलो चरणको रकम उपलब्ध गराइएको बताए । नेकपाको नगर कमिटी कार्यालयको बैठकबाट नगर कार्यालय सदस्य ,नगर कमिटी सदस्य , वडा कमिटी तथा अन्य शुभचिन्तकहरुबाट सहयोग उठाएर पहिलो चरणमा उक्त रकम उपलब्ध गराइएको र अन्य रकम पनि उठ्न बाकी रहेकोले केही दिन भित्र पुन: उपलब्ध गराउने नगर सचिव हमालले बताए ।

सरकारले गरेको लकडाउनका कारण बिपन्न वर्गलाई छाक टार्न समस्या भएकोले उक्त रकमबाट विपन्न वर्गलाई खाद्यान्न सहयोगको लागि नगरपालिकालाई सहयोग गरेको नेकपा घोडाघोडी नगर कमिटिले जनाएको छ ।

चेक बुझ्दै नगर प्रमुख चौधरीले नेकपा घोडाघोडी नगर कमिटीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले बिभिन्न सघंसस्थाबाट आएको रकम तथा खाद्यान्न साँझ बिहानको एक छाक खाना पनि जुटाउन मुस्किल भएका अति विपन्न परिवारलाई वितरण गरिने बताए । नगर प्रमुख चौधरीले
नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा बिभिन्न संघसंस्था, उद्योगी, व्यापारी, इच्छुक व्यक्तिहरुलाई सहयोग गर्नको लागि आग्रह समेत गरेका छन् ।