इट्टा व्यवसायी शाहीद्बारा घोडाघोडी नगरपालिकालाई सहयोग - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

इट्टा व्यवसायी शाहीद्बारा घोडाघोडी नगरपालिकालाई सहयोग



विशाल पाण्डेय / कैलाली ।
कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि घोडाघोडी इट्टा उद्योगले घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई घोडाघोडी नगरपालिका-४ गैंडाखेडाका इट्टा व्यवसायी भरत बहादुर शाहीले बिहिवार २५ हजार बराबरको चेक उपलब्ध गराएका हुन् । शाहि घोडाघोडी उद्योग वाणिज्य संघका सदस्य पनि हुन् ।

कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण बिपन्न वर्गलाई छाक टार्न समस्या भएकोले उक्त रकमबाट विपन्न वर्गलाई खाद्यान्न सहयोगको लागि नगरपालिकालाई सहयोग गरेको शाहिले जानकारी दिए ।

नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चेक मार्फत २५ हजार रकम सहयोग गरेकोमा इट्टा व्यवसायी शाहीलाई घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले धन्यवाद व्यक्त गरेका छन् ।

बिभिन्न सघं सस्था बाट आएको रकम तथा खाद्यान्न साँझ बिहानको एक छाक खाना पनि जुटाउन मुस्किल भएका अति विपन्न परिवारलाई वितरण गरिने बताउदै नगर प्रमुख चौधरीले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा बिभिन्न संघसंस्था,उद्योगी,व्यापारी, इच्छुक व्यक्तिहरुले सहयोग गर्नको लागि आग्रह समेत गरेका छन् ।