धनगढीमा पनि जमिनमा पैसा भेटिएपछि.. - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

धनगढीमा पनि जमिनमा पैसा भेटिएपछि..



कैलाली । कोरोना भाईरसको संक्रमणबाट यति बेला विश्व नै त्रसित छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले नेपालमा पनि लकडाउन गरेको छ । नेपालका विभिन्न स्थानमा भारतीय नागरिक आएर जमिनमा पैसा फालेर कोरोना सार्दै हिडेको भन्ने हल्लाले मानिसहरू त्रसित भइरहेको बेलामा कैलालीको धनगढीमा रहेको त्रिनगर हाटबजारमा पनि जमिनमा फालिएको अवस्थामा केही रुपैयाँ फेला परेको छ ।

हाटबजार भित्र ५ वटा ५० रुपैयाका नोट र एउटा १०० रुपैयाँको नोट गरी जम्मा ३ सय ५० रुपैयाँ नेपाली पैसा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उक्त स्थानमा प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ ।