रेडक्रसद्वारा गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

रेडक्रसद्वारा गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण



लम्की,कैैैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले आज कैलारी गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । दैनिक ज्याला मजदुरी गरि खाने तथा बिपन्न परिवारलाई लामो समयदेखिको लकडाउनका कारण घरमा चुलो बल्न नसकेका परिवारका लागि रेेेडक्रसले खाद्यान्न वितरण गरेको हो ।

समाजसेवी राजसमज चौधरीले उपलब्ध गराएको ५१ हजार रुपैयाँबाट रेडक्रसले खाद्यान्न सामग्री खरिद गरि कैलारी गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । उक्त अवसरमा ६ सय २५ केजी चामल, ५० केजी दाल, ५० केजी नुन , ३० लिटर तेल र एकसय पिस साबुन नेपाल रेडक्रस सोसाइटी कैलालीका गोदाम इन्चार्ज डम्बर भट्ट र एमरेड परियोजना संयोजक कालीदास जोशीले कैलारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी सतगौवालाई हस्तान्तरण गरेका थिए ।

गाउँपालिकालाई हस्तान्तरण गरिएको खाद्यान्न सामग्री लकडाउनका कारण घरमा चुलो नबल्ने स्थितिमा रहेका दैनिक ज्याला मजदुरी गर्ने, बिपन्न, एकल महिला, अपांगता भएका परिवारलाई वितरण गरिने नेपाल रेडक्रस सोसाइटी कैलालीका कार्यक्रम अधिकृत नरेन्द्र भट्टले जानकारी दिए ।