सुदूरपश्चिमका पाँच जना संक्रमित : चार जनाको रिपोर्ट फेरी ‘पोजेटिभ’, एक जनाको ‘नेगेटिभ’ - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

सुदूरपश्चिमका पाँच जना संक्रमित : चार जनाको रिपोर्ट फेरी ‘पोजेटिभ’, एक जनाको ‘नेगेटिभ’



कैलाली । सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये एक जना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर जगदिश जोशीले जानकारी दिए ।

उनको रिपोर्ट नेगेटिभ आएपनि उनलाई अस्पतालको आईसोलेसनमै राखिएको र लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिने डाक्टर जोशीले बताए ।

यस्तै धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत अन्य चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीय भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका- १ कि ६५ वर्षीया महिलाको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको हो ।