सुदुरपश्चिम प्रदेशको विपद् कोषमा नेपाल एसबीआई बैंकद्वारा ५ लाख सहयोग
कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको बिपद् ब्यवस्थापन तयारी कोषमा नेपाल एसबीआई बैंकले शुक्रबार ५ लाख सहयोग गरेको छ ।
बैंकका प्रदेश प्रमुख मनोज कुमार शर्मा तथा धनगढी शाखा प्रमुख तेज बहादुर थापाले सो रकम बराबरको चेक शुक्रवार संयुक्त रुपमा सुदुरपश्चीम प्रदेशका मुख्य मन्त्री त्रीलोचन भट्टलाइ बुझाएका हुन् ।
विश्व महामारी संग लडिरहेका बेला सामाजिक उत्तरदायित्वको रुपमा प्रदेस सरकारले थालेको कोरोना रोकथाम तथा नियन्त्रण प्रयासमा सहयोग गर्न पाउँदा निकै खुशी लागेको धनगढी शाखा प्रमुख तेज बहादुर थापाले बताए ।
बैंकले यसअघि एकाउन्न हजार बराबरको खाद्यान्न सामग्री धनगढी उप-महानगरपालिका लाई प्रदान गरिसकेको समेत शाखा प्रमुख थापाले जानकारी दिए ।