गर्लफ्रेन्ड बनाउने रहर
केशव प्रसाद पाण्डे
“घुसघुसे राईटर, मस्ति गर्दा रैछौ केटिहरु संग त !
” तिम्रो गर्लफ्रेन्ड छ कि छैन?”
एक दिन त एउटीले केही क्षण चुपला्ग्दा प्वाक्कै भन्दिई,
अोइ छ हो?
छैन नि भन्देको ।मरिकाटे पत्याएपो !
मलाई छ जस्तो लाग्छ कारण सोधेँ ,किन र?
त्यस्सै!भन्दिइ
खासमा गर्लफ्रेन्ड बनाउने रहरै नभाचैँ हुँदै होइन ।उ जमानाँ कलेज पढ्दा आँखा जुध्या र जुध्लाजुध्ला जस्तो भएको घटनाहरू आँखाका डिलवरपरै घुम्छन ।
अो ,केटा हो,सरुलाई कसैले नि आँखा लाउने हैन है!
फेरि.. किरणेको उर्दी जारी भयो कक्षा भरीलाई ।किरणको मर्जि चानचुने कहाँ हुन्थ्यो र ! तैपनि टक्कर चलिराथ्यो सुमनसंग ।सरस्वती हो क्यारे उनको नाम, अझै सरस्वती पराजुली ।धुमिल स्मृतिलाई कमव्याक गर्दैछु। नामलाई भगवान्ले न्याय गरेर पठाएका थिए ।पढाइमा छुरा छ।अतिरिक्त क्रियाकलापमा उस्तै ,कसले भेट्ने ?रूप उस्तै, यी सब पाउने बिरलैमा पर्थि उ !त्यो किरणेले भन्दैमा हुन्छ ?हेर्नलाएक कक्षामा उ एउटी त छे। आँखा त बन्द भएपो नलाग्नु!आफूलाई नजर लाउनेलाई आफ्नो आँखा नलाग्ने ,आफूले लगायो उताबाट फुटेको आँखाले नहेर्दिने !यहीँ ग्याप भा हो खासमा।
मनमनै दर्हो टक्कर दिँए किरणलाई ।आफूलाई नि उही मन पर्छ फेरि ।तैपनि उसको अगाडि हसको भावमा, मायालु बच्चाले जसरी टाउको हल्लाइदिँए अरूले नि गर्या त त्यही हो नि।उसको चेतावनी पछि हदभन्दा बढी आँखा पुग्ने ,नपुर्याँउ भन्दानि! उ पढाइको म्याथम्याटिक्समा कमजोरै भए पनि बङ्गारा र करङ गन्नेमा गतिलै दख्खल राख्ने गर्छ।
भर्खर भर्खर सुरुभाको कक्षा एघारको पढाइ ।केही दिनमा क-कसले ,कस्का कस्का नम्बर साँट्न भ्याए त्यसपछि त सुरु भो नि कलेजको असली जिन्दगी !एउटा केटीलाई तीन तिनजनाले दावा गर्न थाले सबका सब भन्ने यार ,मेरो पर्पोज अोके गरी यसले/उसले !म्यासेज मोबाइलमा देखाँउथे नपत्याँउ कसरी?केटाहरू नि कहाँ एउटीलाई मात्र ट्राई गर्थे र !आफू परियो केटी भनेपछि तीन कोश टाढा कतिलाई त मेरो नाम नि थाहा नभएरै एक शब्द नबोलि नि बिदा भएर गए।
कति लव गर्छे हेर्न केटाहरुका नक्कली बर्थडेमा सक्कली साक्षी बनेर नि जाने दिन आए । त्यही वर्षको तेस्रोपटकको बर्थडेकि केटीसँग चैँ अलि समय चल्या हो सुवासको पनि ।उ बेलाका मिलन र बिछोडका अनुभवले केटाहरू अझैसम्म कविता लेख्ने भ्याउँछन ।प्रेममय त्यो सालको भ्यालेन्टाईनमा धेरै जोडी जोडिए। रमेश र रमिला,कुशल र निता,निश्चल र सीमा यिनीहरूको त घरबाटै चलिराछ राम्रोसँग ।कलेजको पहिलो दिन कोअर्डिनेटरले कक्षा चिनाउँदा जम्काभेट भाथ्यो गेटननिर ,उत्रै हाइटकि ।उसको आँखामा आँखा पुग्नेबित्तिकै तिरिमिरिझ्याँइ !
भ्यालेन्टाइनपछि सरु र सुमनको कहानीले कक्षा हल्लियो ।यसअघि किरणको भनेर चिनिएकि सरुले सुमनको पर्पोज अोके गरी रे ,हात काटिरे यस्तै यस्तै हल्लाले किरण सिन्डिकेट लादे जसरि प्रस्तुत भयो। सरुलाई कसैले आँखा लगाउन नि नपाईने भो ।खासमा सुमनलाइ तह लगाउने मनसाय थियो उसको ।सरुसंग सुमन र किरणजस्ता अावाराहरुको केमिस्ट्री कतैबाट नि मिल्दोजुल्दो थिएन।अलि कुटिल हुनाले उसको चाल बुझ्न गार्हो पर्थ्यो उसले दुवैलाई अस्वीकार गर्थि र पनि अब किरण र सुमनको पक्षमा बाँडियो ग्याङ ,सुरु भो झगडा कलेज भित्र र बाहिर नै भिडन्त सुरु भो यसले ठुलो रूप लिएपछि बार कक्षाको सुरुतिर किरण र सुमनलाई रेष्टिगेट गर्यो कलेजले ।कलेजबाट त गए तैपनि सरुलाई ल्याङ गर्न छोड्या होइनन् ।
पोहोरै प्लान बन्याथ्यो ,साथीहरूको, हाम्रोमा गतिला केटी एउटै परेनन।साला! नयाँ ईलेभेन भर्ना हुनेबित्तिकै नयाँ नयाँ चरिहरु उडाई हाल्नुपर्छ है केटा हो !सुरेस पेमा र नविनेले नि सहमति जनाकै हुन। लास्टाँ पट्याँउने चैँ राजने ,एक नम्बरको लम्पट छ छन् नि !
एघारको रिजल्ट अाउट हुँदा कक्षाभरि सन्नाटा छायो।राम्रो गर्ने कोही भएनन ।सेकेन्ड डिभिजनको पुछार ल्याएर क्लास टप गर्ने म भँए ।सरुको चुरिफुरी कम भो ।सरहरुले नि कम्ता हकारेनन।मलाई फुटेका आँखाले नि नहेर्ने उ पढाइको नामबाट हिमचिम बढाउन थाली मङ्सिरको एउटा कक्षामा मेरो बुक मागेर केही पेपर बिचमा हालेर दिई घर पुगेर मात्र हेर्न भनी हेरेको “अो ,ह्यान्डसम म तिमीलाई मन पराँउछु नि”यसको जवाफ भोलि चाहिन्छ मलाई! लेखिएको थियो त्यति पढेपछि ऐना नहेरि चित्त बुझेन !बरु ऐनामा दाग देखेँ आफ्नो अनुहारमा देखिन । त्यो रात कहाँ निदाँए होला र म?भोलिपल्ट मनपरेको फुल सुकेपनि राम्रो भन्ने सोचेर प्रतिउतर दिँए, “म पनि ….।”उसैलाई आखिर गर्लफ्रेन्ड बनाउने रहर पूरा भएरै छाड्यो ।केटाहरुले बधाई दिए, “दुइटा किपर हुँदानि गोल गरिस घुसघुसे।”