अवैध काठसहित घोडाघोडीबाट एकजना पक्राउ - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

अवैध काठसहित घोडाघोडीबाट एकजना पक्राउ



सुखड । कैलालीको घोडाघोडी नगरपालिका -७ करैचाबाट अवैध काठसहित एक जना पक्राउ परेका छन् । अवैध काठ तस्करी गरी लुकाई रहेको बेलामा डिभिजन बन कार्यालय पहलमानपुर, सब डिभिजन बन कार्यालय सुखड र सब डिभिजन बन कार्यलय भजनीको समन्वयमा संयुक्त गस्ती टोलिले बिहिवार दिउँसो २ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका -७ का ४५ वर्षिय गोबारी राम चौधरी रहेको सब डिभिजन बन कार्यालय सुखडका प्रमुख समीर थापाले जानकारी दिए । साजको १२ थान कडि घरमा लुकाइ छिपाइ राखेको बेला उनलाई काठ सहित पक्राउ गरिएको थापाले बताए ।

कोरोनाको माहामारीले देश पुरै लक डाउन परेको बेलामा काठ तस्कर भने दिनानुदिन मौलाइ रहेका बेला सब डिभिजन बन कार्यलय सुखड , सब डिभिजन बन कार्यलय भजनिको गस्ती टोलिले प्रकाउ गरेको हो । प्रकाउ परेका चौधरी लाइ लक डाउनका कारण स्थानीय जन प्रतिनिधि , राजनीतिक ब्यक्ती , बुद्धिजीवीको रोहवरमा जिम्मा लगाएको र लक डाउन सकिए पछि उनलाई बन ऎन २०७६ र बन निमावलि २०४९ अनुसार काहबाही हुने डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख कृष्ण दत्त भट्टले जानकारी दिए ।