घोडाघोडी उद्योग वाणिज्य संघद्धारा नगरपालिकालाई सहयोग,बजार अनुगमन
विशाल पाण्डेय / सुखड,कैलाली ।
कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि घोडाघोडी उद्योग वाणिज्य संघले घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग गरेको छ ।
सुदुर पश्चिम प्रदेश सभा सदस्य अमर साउद तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीलाई उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्यले बुधबार ५१ हजार बराबरको चेक हस्तान्तर गरेका हुन् ।
कोराना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण बिपन्न वर्गलाई छाक टार्न समस्या भएकोले उक्त रकमबाट विपन्न बर्गकोलागि नगरपालिकाले खाद्यान्न सहयोग गरोस् भनेर नगरपालिकालाई सहयोग गरेको उद्योग वाणिज्य संघका अध्यक्ष आचार्यले बताए ।
त्यस्तै बुधबार नै पर्यावरण एंव वन पैदावर संघ धनगढीले पनि नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा १५ क्विन्टल चामल हस्तान्तरण गरेको नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा चेक मार्फत ५१ हजार रकम सहयोग गरेकोमा घोडाघोडी उद्योग वाणिज्य सघं परिवार तथा पर्यावरण एंव वन पैदावर संघ धनगढीलाई घोडाघोडी नगरपालिकाका नगर प्रमुख चौधरीले धन्यवाद व्यक्त गरेका छन् ।
बिभिन्न सघं सस्था बाट आएको रकम तथा खाद्यान्न साँझ बिहानको एक छाक खाना पनि जुटाउन मुस्किल भएका अति विपन्न परिवारलाई वितरण गरिने बताउदै नगर प्रमुख चौधरीले नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा बिभिन्न संघसंस्था,उद्योगी,व्यापारी, इच्छुक व्यक्तिहरुले सहयोग गर्नको लागि आग्रह समेत गरेका छन् ।
बजार अनुगमन
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि देशमा लकडाउन छ ।
सरकारले अत्यावश्यक तथा खाद्यानका पसल खोल्न निश्चित समय दिएपनी त्यो भने कार्यान्वयन भएको छैन । प्रदेश सरकार, स्थानीय तह तथा सुरक्षाकर्मीले पटक–पटक यस विषयमा सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गर्दै आएपनि घोडाघोडी नगरपालिकाका विभिन्न ठाउँका बजारमा चहलपहल देखिएको छ । बुधबार अनुगमनका क्रममा उक्त दृश्य देखिएको हो ।
अनुगमनका क्रममा घोडाघोडी नगरपालिका १ सुखड बजार तथा वडा नं १० पहलमापुर बजारका किराना तथा तरकारी पसलहरुमा चहलपहल देखिएको छ । अनुगमनमा गएका घोडाघोडी नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सिंहले ब्यापारीहरुलाइ सम्झाइ बुझाइ गरेर बन्द गर्न लगाएको बताए ।
अत्यावश्यक तथा खाद्यान्नका पसल खोल्नको लागि बिहान ८ बजे देखि १० बजेसम्म दुई घण्टाको लागि समय तोकिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरीले बताए । यदि त्यो समय भन्दा बाहिर खोलेको पाहिए कारबाही गरिने समेत नगर प्रमुख चौधरीले बताए ।
बजार अनुगमनमा घोडाघोडी नगरपालिकाका शिक्षा शाखा प्रमुख उमेश रेग्मी , घोडाघोडी उद्योग वाणिज्य संघका अध्यक्ष जियालाल आचार्य लगायतको सहभागीता रहेको थियो ।