फोटो पत्रकार महासंघ कैलालीद्धारा शुभकामना आदान–प्रदान - Himal Post Himal Post
  • ३१ जेष्ठ २०८३, आईतवार
  •      Sun Jun 14 2026
Logo

फोटो पत्रकार महासंघ कैलालीद्धारा शुभकामना आदान–प्रदान



कैलाली । नयाँ बर्ष २०७७ सालको उपलक्ष्यमा नेपाल फोटो पत्रकार महासंघ कैलालीले फेसबुक म्यासेन्जरमा भिडियो कल मार्फत सोमबार शुभकामना आदान प्रदान गरेको छ ।

महासंघका कैलाली अध्यक्ष पाण्डव पुजाराले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) ले नेपाल लकडाउनमा भएका बेला घरमै बसी प्रबिधिको प्रयोग गर्दै नयाँ बर्षको शुभकामना आदान प्रदान संगै कोरोना भाईरस नियन्त्रणका लागी के कस्ता प्रयासहरु बारे बुझ्न कार्यक्रमको आयोजना गरिएको बताए ।

नेपाल फोटो पत्रकार महासंघ सुदूरपश्चिम अध्यक्ष विवेक नागरीले सबैलाई लकडाउनको पालना गर्न आग्रह गरेका छन् । साथै उनले नेपाल फोटो पत्रकार महासंघ लगायत जिल्ला शाखाहरुलाई सजक र सतर्क रहन अनुरोध गरेका छन् ।
महासंघका कैलाली उपाध्यक्ष गगन अयडीले शुभकामना आदानप्रदानले फोटो पत्रकारहरुलाई काम गर्न अझ थप उर्जा र हौसला बढ्ने बताए ।

कार्यक्रममा स्थानिय तहमा भएका कोरोना नियन्त्रणका प्रयासहरुबारे एकअर्कामा आदान प्रदान गरिएको थियो ।
महासंघ कैलालीका सहसचिव डिल्लीराज ओझा समर्पणले संचालन गरेको कार्यक्रममा, महासंघका सहकोषाध्यक्ष केशब सिंह धामी, सदस्यहरु दिपेन्द्र ओली, जिवन बिष्ट, बिशाल पाण्डेय, पबित्रा ढकाल, प्रेम जोशी, जनार्दन उपाध्याय, मनिसा श्रेष्ठ, योगेन्द्र भण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।