साइन नेपालद्बारा डोटीका ४ स्थानीय तहमा स्वास्थ्य सामाग्री वितरण
कैलाली । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड नाइन्टिनका कारण सरकारले घोषणा गरेको लकडाउँन जारी छ । संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले देशभर लकडाउँन गरेपछि अहिले नागरिक घरघरमा बसेका छन् । डोटी जिल्लाका स्थानिय तहरहरूमा स्वास्थ्य सामग्रीको अभाव भइरकेको थियो । यसैविच साइन नेपाल कैलालीले शनिबार अत्यावश्यक स्वास्थ्य सामग्री डोटीका ४ स्थानीय तहमा पुर्याएको छ ।साइन नेपाल कैलालीले २४ हजार मास्क,३६ सय सेनिटाइजर र ४ हजार ३२साबुन निशुल्क वितरण गरेको छ ।
शिखर नगरपालीका, साँयल गाउँपालिका, आदर्श गाउँपालिका र पुर्वीचौकी गाउँपालिकालाई सो समाग भयो । अध्यक्ष जोशीका अनुसार प्रत्येक स्थानीय तहलाई सेनिटाइजर ९ सय वोतल, लाईफवाइ सावुन १ हजार आठ पीस र सर्जिकल माक्स ६ हजार थान वितरण गरीएको जानकारी दिनु भयो । साथै जोशीले पुर्वीचौकीमा स्थापना भएको क्वारेन्टाइनलाई ५० थान ब्लाङकेट र ५० थान म्याट पनि वितरण गर्नु भएको छ । साथै पुर्वीचौकी गाउपालीकामा आज ५० वेडको क्वारेन्टाइन पनि स्थापना गरिएको छ ।
विपतको वेला संस्थाले उपलब्ध गराइको स्वास्थ्य समाग्रीले अफुहरुलाई ठुलो सहयोग पुग्ने पुर्वीचौकी गाउपालिकाका अध्यक्ष दिर्घराज वोगटीले जानकारी दिनु भयो । मानविय सेवामा अनेकौ प्रयास (साईन नेपाल धनगढीका) अध्यक्ष भक्तराज जोशीले बताए ।
सामाजिक कार्यमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपाल) धनगढीले भाइरसबाट बच्नका लागि संदेश मुलक कार्यक्रम शुरु गरेको छ । कोरोना भाइरसले जनजीवनलाई आतंकित बनाईरहेको बेला मानवीय सेवामा अनेकौं प्रयास (साइन नेपालले) यस प्रकारको काम गरेर सजग रहन र शतर्क रहनका लागि संदेश समेत दिएको छ ।
कोरोना भाइसर रोकथाम तथा नियन्त्रका लागी डोटीका चार स्थानीय तहलाइ करिव २३ लाख वरावरका स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरियको छ ।