लकडाउन उल्लंघन गरि मेला संचालन गरिएको भन्दै वडाध्यक्षसहित ९ जना प्रहरीको नियन्त्रणमा - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

लकडाउन उल्लंघन गरि मेला संचालन गरिएको भन्दै वडाध्यक्षसहित ९ जना प्रहरीको नियन्त्रणमा



बझाङ । बझाङको छविसपाथिभेरा गाँउपालिका-३ मा धार्मिक मेला बान्‍नीकी चैतली संचालन गरेको आरोपमा जनप्रतिनिधि, पूजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित ९ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपालमा कोभिड-१९ को महामारी फैलिन नदिन देशमा लकडाउन भइरहेको बेला यहाँका स्थानीय बासिन्दाहरुले लकडाउन उल्लंघन गरेको भन्दै बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब निरीक्षक गणेश बमले जानकारी दिए ।

उनले छविस पाथिभेरा गाउँपालिका -२ का वडाअध्यक्ष विकास ऐडी, वडा नं. ३ का वडाअध्यक्ष केशवराज जोशी, वडा नं. ४ का वडाअध्यक्ष अम्मरराज थापा र वडा नं. ५ का वडाअध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्‍नालाई नियन्त्रणमा लिएको बताए ।

त्यस्तै बान्‍नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुई सहयोगी डम्बर बहादुर धामी, पूजारी जयकृष्ण जोशीलाई, स्थानीय इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक बमले जानकारी दिए ।

कोरोनाका कारण देश नै लकडाउन भएको समयमा यहाँका स्थानीय त्यसको बेवास्ता गर्दै चैत २४ गते हजारौको संख्यामा जम्मा भै बझाङको छबीस पाथिभेरा गाँउपालिका वडा नं. ३ को बान्‍नीचौरमा मेला सम्पन्‍न गरेका थिए।