बिहानै २ पटक भूकम्पको धक्का : काठमाडौंबासी त्रसित - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बिहानै २ पटक भूकम्पको धक्का : काठमाडौंबासी त्रसित



काठमाडौं– बिहानै केहि मिनेटको अन्तरमा राजधानीमा दुई वटा भूकम्पको धक्का महसुश भएको छ ।धक्कापछी राजधानीबासी त्रसित देखिएका छन् ।

बिहान ६ बजेर २९ मिनेट जाँदा पहिलो भूकम्पको धक्का महसुश भएकोमा त्यसको १२ मिनेटपछि ६ बजेर ४१ मिनेटमा फेरि अर्को धक्का गएको हो ।

पहिलाे भूकम्प धादिङको नाैबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । थप जानकारी आउने क्रममा रहेको छ ।

०७२ बैशाख १२ गते शक्तिशाली भूकम्प आउँदा ८ हजारबढीको ज्यान गएको थियो । त्यसको ४ वर्ष पुग्न १ दिन बाँकी रहँदा लगातार दुई वटा भूकम्पको धक्का आउँदा राजधानीबासी त्रसित देखिएका छन् ।

भूकम्पको धक्कासँगै राजधानीबासी त्रसित हुँदै घरबाहिर निस्किएका थिए ।

 

धादिङ केन्द्रविन्दु : ५.२ म्याग्निचूडको भूकम्प