मञ्जु भन्छिन खैत बाबा बुझेको कुरा बरिलै - Himal Post Himal Post
  • ५ श्रावण २०८३, मंगलवार
  •      Tue Jul 21 2026
Logo

मञ्जु भन्छिन खैत बाबा बुझेको कुरा बरिलै



गत वर्षको तिजमा जस्तै यस वर्षको तिजमा पनि गायिका मञ्जु पौडेलले तिज पर्वलाई मध्य नजर राखेर “खैत बाबा बुझेको कुरा बरिलै” तिज गित सर्बजनिक गर्नुभएको छ ।

तिजको बेला बिभिन्न ठाउँमा महिला दिदि वहिनीहरु जम्मा भएर नारिका बेदनाहरुले भरिएका गाउने गितको झल्को दिलाउदै गायिका पौडेलले पनि नयाँ तिज गित बजार ल्याएको बताउनु भयो ।

घरमा जवानी वढ्दै गरेकी छोराीलाई बिवाह गरेर सिन्दुर, टिकी,गाजल चुरा लगाउन मन लागेका कथा बस्तुमा गित तयार भएको गायिका पौडेलले बताउनु भयो । तिजको बेला नयाँ कपडा किन्ने कुराहरु सगै आफना छोरीलाई बुवा आमाले सानै देखेका कुराहरुलाई गितमा समेटेर गित सार्बजनिक भएको पौडेलले बताउनु भयो ।

तिजको अबसरमा लगाउन मन लागेका कपडा टिकी, गाजल, चुरा बाबा आमाले नल्याइदिदा भाउजूका लगाएर हिडेकै कुराहरु गितमा रहेको गायिका पौडेलको भनाइ छ । तिजको बेला गाउँघर तिर महिला दिदि बहिनीहरु जम्मा भएर नारी बेला पोख्ने खालको गितलाई झल्को दिलाउने गरि गित तयार भएकोले धेरै दर्शक श्रोताले गितलाई मन पराउने उहाँको भनाई छ ।

गायिका मञ्जु पौडेलको एकल स्वर रहेको गितमा चर्चित गितकार एकनारायण भण्डारीको लय शब्द रहेको छ । गित बिएम एस म्युजिक प्रालिले बजारमा ल्याएको छ ।