सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-३७)
~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~
आत्मापम्येन सर्वत्र समं पश्यति योऽर्जुन।
सुखं वा यदि वा दुःखं सयोगी परमो मतः।।३२।।
अर्जुन उवाज
योऽयं योगस्त्वया प्रोक्तः साम्येन मधुसूदन।
एतस्याहं न पश्यामि चञ्चलत्वात्स्थितिं स्थिराम्।।३३।।
आफ्नै तुल्य समस्त
जीवहरूका दुःखादि जो देख्तछ
त्यै योगी उच्च हो भनि सखे ! संसारले मान्दछ।
भन्छन् अर्जुन कृष्णलाई भगवन् ! जुन् योग आज्ञा भयो
मन्को चञ्चलता हुँदा स्थिर स्थिति देखिन्न यस्को विभो।।१७।।
चञ्चलं हि मनः कृष्ण
प्रमाथि बलवद्दृढम्।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्।।३४।।
मन् चञ्चल् छ असाध्य,
छिन् भरि पनि रोकिन्न एक् ठाउँमा
कुन् रीत्ले अनि ध्यान योग जनले अप्नाउने लोकमा।
मन्ले पार्दछ अस्तव्यस्त, बलियो, चञ्चल, अटेरी छ यो
यस्को निग्रह वायु निग्रहसरी, दुष्कर् म ठान्छु प्रभो ! ।।१८।।
श्रीभगवानुवाच
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते।।३५।।
असंयतात्मना योगो दुष्प्राप इति मे मतिः।
वश्यात्मना तु यतता शक्योऽवाप्तुमुपायतः।।३६।।
आज्ञा भो अनि कृष्णको मन
अति चञ्चल् र दुर्ग्राह्य छ
साँचो हो, तर यो विरक्ति र ठूला अभ्यासले वश्य छ।
मन् वश्मा नगरे त योग कहिल्यै मिल्दैन यो सत्य छ
मन् रोकेर प्रयत्नशील बनिए पाइन्छ योग् निश्चय।।१९।।
अर्जुन उवाच
अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः।
अप्राप्य योगसंसिद्धिं कां गतिं कृष्ण गच्छति।।३७।।
कच्चिन्नोभयविभ्रष्टश्छिन्नाभ्रमिव नश्यति।
अप्रतिष्ठो महाबाहो विमूढो ब्रह्मणः पथि।।३८।।
फेरी अर्जुन सोध्दछन्
प्रभु कुनै श्रद्धालु साधक् यदि
मन् चञ्चल् गरी योगभ्रष्ट बनिए कुन् हुन्छ उसको गति ?
के त्यो अल्मलिई उँधो न त उँभो पुग्ने स्थितिको नर
टुक्रे बादलझैँ भएर बिचमै नासिन्छ वा तर्दछ ?।।२०।।
(क्रमशः)