शंकर पोखरेललाई हत्कडी लगाउन माग गर्दै उजुरी ! - Himal Post Himal Post
  • ३ बैशाख २०८२, बुधबार
  •      Wed Apr 16 2025
Logo

शंकर पोखरेललाई हत्कडी लगाउन माग गर्दै उजुरी !



काठमाण्डु, २२ भShankar-Pokharelदौ– एमाले नेता शंकर पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही माग गर्दै मुद्धा दायर गरिने भएको छ ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसम्वद्ध संघीय समाजवादी युवा फोरमले पोखरेललाई पाँच वर्ष कैद सजायको मागसहित प्रहरीमा उजुरी दिन लागेको हो ।

युवा फोरमका उपमहासचिव दुर्गामणि सुवेदीले महानगरीय प्रहरी परिसर टेकुमा बुधबार पोखरेलविरुद्ध उजुरी दिने उपेन्द्र यादवका सहयोगी महेश चौरसियाले काठमाण्डु टुडेलाई बताए ।

एमाले पोखरेलले मंगलबार मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ’, भनेर ट्विट गरेका थिए । उनको सो अभिव्यक्तिको सामाजिक सञ्जालमा कडा विरोध भएको थियो । पार्टीकै कार्यकर्ताले समेत कडा प्रतिवाद गरेपछि पोखरेलले ट्विट डिलिट गरेका थिए ।

प्रहरीले जाहेरी दर्ता गर्न मानेको अवस्थामा पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ आकर्षित हुन सक्छ ।

उक्त दफामा ‘कम्प्युटर, इन्टरनेट विद्युतीय संचारमाध्यममा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्वका सामग्री वा कसैप्रति घूणा वा द्वेष फैलाउने वा विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्री प्रकाशन तथा प्रदर्शन गर्ने वा गर्न लगाउने व्यक्तिलाई १ लाखसम्म जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनेछ’, भन्ने उल्लेख छ ।

shankarयुवा फोरमका उपमहासचिव सुवेदीले नेता पोखरेलले १७ औं शताब्दीमै संसारभरबाट उन्मुलन भइसकेको रंगभेदी चरित्र प्रदर्शन गरेको र मधेसीको स्वाभिमानमा चोट पु¥याएको बताए ।

‘देशको मन्त्री र एमालेको सचिव भइसकेका परिपक्व नेताले मधेस आन्दोलित भइरहेका बेला दिएको यस्तो रंगभेदी, जातिभेदी र साम्प्रदायिक अभिव्यक्ति मुलुकको अखण्डता र राष्ट्रियताविरुद्धमा छ’, सुवेदीले भने, ‘यस्ता साम्प्रदायिक व्यक्तिहरुलाई कानूनी कारबाही हुनुपर्छ ।’

उनले पोखरेलको हर्कत देश द्रोही भएको समेत आरोप लगाए । प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरे परमादेशको माग गर्दै अदालत जाने समेत उनले जनाए ।

kathamandutodey